काठमाडाैं– पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपालका सबै शसस्त्र संघर्षमा भारतको सहयोग रहेको बताएका छन्।
_x000D_
_x000D_
बाह्रखरी बुक्सद्वारा प्रकाशित जगत नेपालको ‘बीपीको विद्रोह’ पुस्तक विमोचन कार्यक्रममा डा भट्टराईले नलुकाइ भन्दा भारतीय सत्ता पक्षको साथ र सहयोग लिएरै नेपालमा सबै शसस्त्र संघर्ष भएको बताए।
_x000D_
_x000D_
तर, १२ बुँदे शान्ति सम्झौतामा भारतको हात रहेको भन्ने कुरा गलत भएको डा भट्टराईको भनाइ छ। १२ बुँदे सम्झौताको ड्राफ्ट आफैंले गरेको स्मरण गर्दै भट्टराईले त्यसबारे भ्रमित नहुन आग्रह गरे।
_x000D_
_x000D_
‘बीपीको विद्रोह’ पुस्तकबारे बोल्दै भट्टराईले नेपाली समाजलाई नयाँ चेतना र ज्योति छर्ने बाहक नै बीपी कोइराला भएको बताए।
_x000D_
_x000D_
बीपीलाई कुनै एउटा व्यक्ति, पार्टी विशेषका नेता मात्र नभई एउटा युगका प्रर्वतक र विचारका रुपमा बीपीलाई बुझ्नु पर्ने उनको तर्क छ।
_x000D_
_x000D_
समय र परिस्थितिअनुसारको नीति लिन बीपी निपुण भएको डा भट्टराईले बताए।
_x000D_
_x000D_
यस्तै, पूर्व राष्ट्रपति डा रामवरण यादवले ‘बीपीको विद्रोह’ ले एउटा कालखण्ड बोकेको बताए । तर, कांग्रेस अहिले बीपी हिडेको बाटोमा नहिँडेको डा यादवको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।