मानिसको शरीरमा हुने रगत कयौं प्रकारका कोषिकाहरु मिलेर बनेको हुन्छ । शरीरमा चोट लाग्दा या काट्दा रगत आउछ । रगत तरल हुन्छ । यसैले कुनै एक स्थानमा चोट लाग्दा शरीरको पूरै रगत बाहिर निस्कनुपर्ने हो । तर यस्तो हुँदैंन । प्रकृतिले नै रगतलाई शरीरबाहिर आउनेबित्तिकै जम्ने र सुरक्षा कवचको काम गर्ने खालको बनाएको छ । यसो हुँदा शरीरको बाँकी रगत सुरक्षित हुन्छ र संक्रमणको प्रभावबाट बच्छ ।
_x000D_
_x000D_
के हो हेमोफिलिया ?
_x000D_
_x000D_
हेमोफिलिया रगतसम्बन्धी एक रोग हो र यो आनुवंशिक हुन्छ । यो रोगबारे सचेतना फैलाउन हरेक वर्ष १७ अप्रिलका दिन हेमोफिलिया दिवस मनाइन्छ । यो खास प्रोटिनको कमीबाट हुने रोग हो । यो रोग लागेपछि शरीरमा चोट लाग्दा या छाला काट्दा आउने रगत बन्द हुन समय लाग्छ । अर्थात् रगत नजम्ने समस्या हुन्छ । जसका कारण शरीरबाट रगत धैरै बगिसक्छ । यसैले यो रोगबाट बिरामी मृत्युको मुखमा पनि पुग्न सक्छ ।
_x000D_
_x000D_
यो रोगको पूर्ण उपचार सम्भव छैन । तर केही विधिबाट लक्षण र यसबाट हुने हानी धेरै हदसम्म कम गर्न सकिन्छ । कुनै ठूलो चोट या दुर्घटनाका कारण हेमोफिलियाका रोगीको रगत बढी बग्ने सम्भावना भएकाले होसियार रहनुपर्छ । हेमोफिलिया ३ खालका हुन्छन् - हेमोफिलिया ए, बी र सी ।
_x000D_
_x000D_
यीमध्ये हेमोफिलिया एका रोगी बढी पाइन्छन् । हेमोफिलियाका हरेक १० बिरामीमध्ये ८ जना ए प्रकारका हेमोफिलियाका शिकार हुन्छन् । ५ हजारदेखि १० हजार जन्ममा एक बच्चा हेमोफिलिया एबाट प्रभावित हुन्छन् भने ४० हजार जनामा एकजना हेमोफिलिया बीबाट प्रभावित हुन्छन् । हेमोफिलिया ए रगत जमाउने ‘फ्याक्टर एट’ को कमीले लाग्छ भने हेमोफिलिया बी ‘फ्याक्टर इलेभेन’ को कमीका कारण लाग्छ ।
_x000D_
_x000D_
भारतमा करिब डेढ लाख मानिसहरु यो रोगबाट प्रभावित भएको अनुमान छ । यसको उपचार महंगो पनि छ । रोगीलाई सातामा दुई या तीन इन्जेक्सन लगाउनुपर्छ ।
_x000D_
_x000D_
हेमोफिलियाका लक्षण
_x000D_
_x000D_
पिसाबमा रगत आउनु
_x000D_
गुद्द्वारबाट रगत आउनु
_x000D_
सानो चोट लाग्दा पनि गहिरो घाउ हुनु
_x000D_
विना कारण शरीरमा घाउ हुनु
_x000D_
चोट लाग्दा धेरै रगत आउनु
_x000D_
बेलाबेलामा नाकबाट पनि रगत आउनु
_x000D_
जोर्नीमा पीडा हुनु
_x000D_
बच्चामा चिडचिडाहट हुनु
_x000D_
कयौंपटक आँखा धमिलो देखिनु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।