काठमाडौं– गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्याण्डी बेरीले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन्।
_x000D_
_x000D_
गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो।
_x000D_
_x000D_
भेटमा गृहमन्त्री थापाले नेपालकाे राजदूतको रुपमा कार्यभार सम्हालेकोमा बेरीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल–अमेरीका सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना दिए।
_x000D_
_x000D_
उनले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालिम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे।
_x000D_
_x000D_
भेटमा राजदूत बेरीले नेपाल र अमेरीकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप मजबुत बनाउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
_x000D_
_x000D_
उनले मानव तस्करी नियन्त्रण, भुटानी शरणार्थी र तिब्बती शरणार्थीको व्यवस्थापन लगायतका विषयमा चासो राख्नुका साथै नेपाल आउने अमेरीकी पर्यटकबाट सरकारले लिने प्रवेशाज्ञा शूल्क पुनरावलोकन हुनुपर्ने विषय उठाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।