काठमाडाैं– पूर्व प्रधानन्यायाधीश केदार प्रसाद गिरीको निधन भएको छ। दमको विरामी रहेका गिरीको नर्भिक अस्पतालमा निधन भएको हो।
_x000D_
_x000D_
एक साता पहिला गिरीलाई नर्भिकको सिसियु कक्षमा सातादिन भर्ना गरिएको थियो। छातीमा संक्रमण बढ्दै गएपछी उनको अस्पतालमा भर्ना गरिएकोमा आज निधन भएको सर्वोच्च अदालतले जनाएको छ।
_x000D_
_x000D_
गिरीका दुई श्रीमती, १ छोरी र ४ छोरा छन्। गिरी २०६४ साल असोज १८ देखि ०६६ साल वैशाख २४ गते सम्म सर्वोच्चमा प्रधानन्यायाधीश थिए।
_x000D_
_x000D_
जिल्ला न्यायाधशबाट सेवा प्रवेश गर्दै उनी सर्वोच्च अदालतकै स्थायी न्यायाधीश भएका थिए।
_x000D_
_x000D_
राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि भ्रष्टाचारमा मुछिएका सार्वजनिक व्यक्तिहरूमाथि छानबिन गर्न भन्दै बनाएको शाही आयोग गिरीकै इजलासले खारेज गरेको थियो।
_x000D_
_x000D_
०६१ माघमा ज्ञानेन्द्रले आयोग गठन गरेका थिए। उक्त आयोग विरूद्ध सर्वोच्चमा परेको रिटमाथि न्यायाधीश गिरी, मिनबहादुर रायमाझी लगायतको इजलासले सुनुवाई गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।