काठमाडौँ– नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता (वर्ल्ड रोबोट ओलम्पियाड) मा सहभागी हुन तयारी थालेको छ।
_x000D_
_x000D_
नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो। स्टेम फाउण्नडेशन ओलम्पियाड नेपालको आधिकारिक संस्था हो।
_x000D_
_x000D_
संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालिम सुरु गरेको छ। आधारभूत तालिममा उत्कृष्ट गर्ने विद्यार्थीबाट नै छनोट गरिने फाउण्डेशन नेपालका अध्यक्ष सर्जन विसिले बताए।
_x000D_
_x000D_
छनोट हुने उत्कृष्ट विद्यार्थी नेपालको तर्फबाट सो प्रतियोगितामा सहभागी हुनेछन्।
_x000D_
_x000D_
प्रतियोगितामा विश्वभरका प्राथमिक विद्यालय तहदेखि स्नातक तहसम्मका विद्यार्थी सहभागी हुन सक्छन्। प्रतियोगीका बीचमा वैज्ञानिक ज्ञान, रोबोट निर्माण र प्रदर्शनीमार्फत विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ।
_x000D_
_x000D_
गतवर्ष पहिलो पटक भएको र तयारीका लागि कम समय भएकाले त्यो सच्चाएर प्रतियोगितामा सहभागी हुने फाउण्डेसनको लक्ष्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।