डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरा बजारमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ।
_x000D_
_x000D_
बसले ठक्कर दिँदा स्थानीय दलबहादुर भण्डारीको मृत्यु भएको पोखरा प्रहरी चौकीले जानकारी दिएको छ।
_x000D_
_x000D_
बिहीबार साँझ ७ बजेको समयमा दार्चुलाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख ६३८५ नं।को बसले पैदल यात्री अन्दाजी ४० वर्षीया भण्डारीलाई ठक्कर दिएको थियो।
_x000D_
_x000D_
बसको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल पुर्याएपछि ज्यान गएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको बताइएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।