सुनसरी– नेपाली कांग्रेसले बुधबार गोली हानी हत्या गरिएका फिदा हुसेन मियालाई सहिद घोषणा गर्न सरकारसँग माग गरेको छ।
_x000D_
_x000D_
निर्दोष नागरिकको हत्या हुँदा प्रहरी प्रशासनले कुनै कारबाही नगरेको जनाउँदै कांग्रेसले समयमै सूचना दिँदा समेत पक्राउ गर्न नसक्नुलाई मूलुकमा सरकार नभएको आभास भएको जनाएको छ।
_x000D_
_x000D_
कांग्रेसले अपराधीलाई पक्राउ गरी कानुनको दायरामा ल्याउन,मृतकलाई सहिद घोषणा गर्न र शान्ति सुरक्षा कायम गर्न सरकारसँग माग गरेको छ।
_x000D_
_x000D_
मृतक फिदा सुनसरी क्षेत्र नम्बर ३ का कांग्रेसकाे क्षेत्रीय सभापति मेहदी हुसेनका भाइ हुन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।