काठमाडौं– हृदयाघात भएपछि बाँसबारीस्थित सहिद गङ्गालाल हृदयरोग केन्द्रको सघन उपचार कक्षमा उपचाररत नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
_x000D_
_x000D_
भर्खरै चिकित्सकले दिएको जानकारीअनुसार उनी खतरामुक्त रहेको र अझै २४ घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने अस्पतालमा रहेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कुमार दुलालले जानकारी दिए।
_x000D_
_x000D_
काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो। काफ्ले नेविसंघको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।