काठमाडौं– काठमाडौंको एक होटलमा महिला बलात्कृत भएकी छिन्।
_x000D_
_x000D_
मंसिर १ गते काठमाडौं महानगरपालिका–१४ स्थित रामेछाप भोजनालयमा नैकाप बस्ने धादिङ गजुरी गाउँपालिका– ५ की २१ वर्षीया महिला बलात्कृत भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
बलात्कार गरेको आरोपमा प्रहरीले चितवन खैरहनी नगरपालिका–१ का २६ वर्षीय सन्तोष थापालाई बिहीबार दिउँसो पक्राउ गरेको छ। उनीमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।