काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तर्गत सबै कार्यालय र आङ्गिक क्याम्पस आज बन्द भएका छन्।
_x000D_
_x000D_
त्रिविका पूर्व शिक्षाध्यक्ष प्राडा कमलप्रकाश मल्लको निधनको शोकमा विश्वविद्यालयले आफ्ना सबै कार्यालय र आङ्गिक क्याम्पस बन्द गर्ने निर्णय गरेको हो।
_x000D_
_x000D_
विश्वविद्यालय रजिष्ट्रार कार्यालयले सूचना जारी गरी आज विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय बन्द हुने जनाएको छ।
_x000D_
_x000D_
मल्लको गत मङ्सिर १ गते निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।