दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ। सोही वडाकी एक महिलाले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराएकी हुन्।
_x000D_
_x000D_
ती महिलाको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ।
_x000D_
_x000D_
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार विकले वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको र कानुनअनुसार अनुसन्धान गरिने बताए। उनका अनुसार अदालतको आदेशपछि वडाध्यक्ष रेग्मीलाई पक्राउ गरिनेछ।
_x000D_
_x000D_
ती महिलाले सोमबार शुक्लागण्डकी नगरपालिकाको न्यायिक समितिमा समेत जाहेरी दिएकी हुन्। तर न्यायिक समितिले बलात्कारको मुद्दा समितिको कार्यक्षेत्रमा नपर्ने भन्दै प्रहरीमा पठाएको थियो।
_x000D_
_x000D_
वडाध्यक्ष रेग्मीले भने आफूलाई फसाउन खोजिएको बताएका छन्। आफ्नो चरित्रमा दाग लगाएर राजनीतिक फाइदा लिन खोज्ने समूहले आफूलाई फसाउन खोजेको उनले प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।