डडेल्धुरा- डडेल्धुरामा १८ जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाका ७ जनाको सनाखत भएको छ।
_x000D_
_x000D_
डोटी जाँदै गरेको स्कुल बस बिहीबार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। १० जनाको घटनास्थलमै र ८ जानको अस्तपलामा मृत्यु भएको हो।
_x000D_
_x000D_
मृत्यु हुनेमा पाँच महिला र १३ पुरुष रहेका छन्। सनाखत हुनेमा दिपायल सिलगढी नगरपालिका–ं ४ बस्ने ३५ वर्षीया शशि विक, सोही नगरपालिका वडा नं ११ बस्ने २५ वर्षीया गोदा भाट, सोही नगरपालिका ८ बस्ने ४० वर्षीय कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावल, डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० बस्ने १६ वर्षीय प्रेम बलायरका छोरा रोहित बलायर र ठेगाना नखुलेकी माया रावलको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए।
_x000D_
_x000D_
२७ जना घाइते छन्। घाइते मध्ये ११ जना रेफर जिल्ला बाहिर रेफर गरिएको छ। ८ जनाको धनगढीमा उपचार भइररहेको छ भने ३ जनालाई कोहलपुर पठाइएको छ। अन्य १६ जना घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज नागरीले जानकारी दिए।
_x000D_
_x000D_
बिहीबार बेलुकी डा केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो।
_x000D_
_x000D_
घाइते हुनेहरुमा डडेल्धुरा सकायलका १७ वर्षीय इन्द्र भुल, कोरालखोलाका माया खड्का, २० वर्षीय सुनिता रावल, सकायलका १९ वर्षीय रमेश भुल, २० वर्षीय पुरन भुल, डडेल्धुरा सेल्तडाका १६ वर्षीय नारद बलायर, गन्यापधुरा गाउँपालिकाका–१ का ३० वर्षीय ईश्वरी दमाई, गन्यापधुरा–३ का २४ वर्षीय चक्रबहादुर बोहरा, नवदुर्गा गाउँपालिकाका–२४ वर्षीय थानेश्वर अवस्थी रहेका छन्।
_x000D_
_x000D_
यस्तै, डोटीको तल्लोसालका १६ वर्षीय विनोद किमाडी, डोटी गोपघाटका–२३ वर्षीय श्याम ओझा, शिखर–६ डोटीका ३८ वर्षीय भीम बलायर, डोटी शिखर–१० का २९ वर्षीय सरिता बलायर, डोटी तिलताडिका–१५ वर्षीय सोनीया रावल, बन्डोरसैन डोटीका १५ वर्षीय सन्तोष रावल, बन्डोरसैन डोटीका २० वर्षीय भरत बलायर, तल्लीसाल डोटीका २१ वर्षीय हरिना बोहरा, वनलेक डोटीका ३८ वर्षीय सावित्री धामी, शिखर डोटीका–१७ वर्षीय रमेश धामी घाइते भएका छन्।
_x000D_
_x000D_
अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कुल बस दुर्घटनामा परेको हो। बसमा ४३ जना यात्रु सवार रहेको बुझिएको छ। बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।