दार्चुला- मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म१ख ४३६ नंको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
_x000D_
_x000D_
गएराति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो।
_x000D_
_x000D_
अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताए। बस सडकबाट ३ सय मिटर तल खसेको थियो।
_x000D_
_x000D_
बसमा कति जना सवार थिए भन्ने यकिन भएको छैन।
_x000D_
_x000D_
घाइतेहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए। गएराति मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो। जात्रा सकेर दार्चुला सदरमुकाम आउने क्रममा बस दुर्घटना भएको हो।
_x000D_
_x000D_
हिजो मात्रै डडेल्धुराको उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।