बेइजिङ- वासिङ्टनद्वारा गैरकानुनी व्यापार गतिविधिबारे चीनमाथि लगाइएका पछिल्ला आरोप बेइजिङलाई ‘स्वीकार्य नहुने’ चीनले जनाएको छ।
_x000D_
_x000D_
विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनको अवसरमा महत्वपूर्ण भेटवार्ता हुने चर्चा चलिरहेका समय चीन र अमेरिकाबीच आक्रामक भनाइ आइरहेका छन्।
_x000D_
_x000D_
चीनको व्यापारिक गतिविधिबारे गरिएका पहिलेका अनुसन्धानहरूको अद्यावधिक गर्दै गत मङ्गलबार वासिङ्टनले चीन आफ्ना ‘गलत’ व्यापारिक गतिविधिलाई परिवर्तन गर्न तदारूकता नदेखाएको र पछिल्ला केही महिनायता अझै अविवेकी कार्य गर्न उद्यत बनेको देखिएको बताएको थियो।
_x000D_
_x000D_
बिहीबार सञ्चारमाध्यमसँगको नियमित भेटघाटमा चीनको वाणिज्य मन्त्रालयले वासिङ्टनको भनाइहरूको खण्डन गरेको छ। मन्त्रालयलका प्रवक्ता गाओ फेङले भने, 'वासिङ्टनले तथाकथित अपडेट रिपोर्टको नाममा चीनमाथि विल्कुलै आधारहीन र तथ्यरहित आरोपहरू लगाइएको छ, चीनलाई यो सह्य छैन।'
_x000D_
_x000D_
चीनले रोबेटिक्स र नवीकरणीय ऊर्जा क्षेत्रमा विभिन्न गैरकानुनी उपायमार्फत नियन्त्रणमा राख्दै विश्व औद्योगिकीकरणमा प्रभाव जमाउन खोजेको अमेरिकी अधिकारीहरूले दाबी गरेका थिए। अधिकारीहरूले चीनले आफ्नो भूमिमा रहेका अमेरिकी कम्पनीहरूलाई दबाबमा पारेर अमेरिकी बौद्धिक सम्पत्तिको आरोप लगाएका थिए।
_x000D_
_x000D_
यसै विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनबाट अमेरिका निर्यात गरिने दुई खर्ब ५० अर्ब अमेरिकी डलर चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरेको थियो। बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याइने एक खर्ब अमेरिकी डलर बराबरको सामानमा करवृद्धि गरेको थियो।
_x000D_
_x000D_
गाओले सञ्चारकर्मीसँग भने, 'हामी चाहन्छौँ अमेरिकाले दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्धलाई विगार्ने किसिमका भनाई तथा गतिविधिलाई रोकोस् र सम्बन्धलाई पुरानो अवस्थामा ल्याउन रचनात्मक धारणाको अवलम्बन गरोस्।'
_x000D_
_x000D_
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङसँग नोभेम्बर अन्त्यमा अर्जेन्टिनामा हुने जी–ट्वान्टी शिखर सम्मेलनका अवसरमा व्यापार विवादबारे छलफल गर्ने कार्यक्रम रहेको छ।एएफपी
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।