• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सात वर्षपछि साझा यातायातमा यात्रा गर्दा

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ७, २०७५  ०२:३१
1140x725

केही समयको विदेश बसाइपछि अन्ततः आफूभित्रका आवाजहरूलाई पछ्याउँदै म स्वदेश फर्किएँ।

_x000D_ _x000D_

सात वर्ष पुगिसकेको रहेछ। मलाई आफ्नै गाउँजस्तो लाग्ने काठमाडौं अलि फरक भएछ। म अलि हराएँ। बिरानो भएजस्तो, आफ्नै सहरमा अलपत्र परेजस्तो। बाटाहरू अलि फराकिला भएछन्। महँगी धेरै फराकिएछ। मान्छेहरूको सोच पनि अलि भिन्नझैं लाग्यो।

_x000D_ _x000D_

रेस्टुरेन्टका लहर, जताजतै। च्याउजस्ता टहरा पनि रेस्टुरेन्ट नै पाएँ। आफ्नै देशमा मलाई पर्यटकजस्तो अनुभव भइरहेको थियो। तैपनि यात्रा त गर्नैपर्‍यो, गन्तव्य पुग्नैपर्‍यो।

_x000D_ _x000D_

माइक्रोबसमा यात्रा गर्दा लाग्यो, सिन्की खाँद्नुपर्‍यो भने पनि अलि मायाले खाँदिन्छ होला कमसेकम खाने चिज हो भनेर। तर, माइक्रोमा मैले खाल्डोमा सिन्की खाँद्ने मानिसले सिन्कीलाई गर्ने जति पनि व्यवहार गरेको पाइनँ। यस पटक सफा टेम्पो देखियो। सफा टेम्पो देख्नेबित्तिकै छोरीले ठट्टा सुरु गरिन्। 'भिइँइँइँ', नाके स्वर निकालेर। 'उनी पनि कलाकार नै हुने भइन्,' मैले मनमनै सोचेँ। भित्रभित्रै मुस्काएँ पनि। अरू यात्रुका नजरहरू हामीतिर तेर्सिए। 

_x000D_ _x000D_

बाँकी विकल्प रह्यो साझा बस।

_x000D_ _x000D_

नेपालको पूर्वथेगो- 'हरियो वन, नेपालको धन।' याद दिलाउने रङमा सजिएको। हात्तीभन्दा ठूलो। हलुवाई पसलको जेरी झान्ने मोटे दाइजस्तो फरासिलो देखियो साझा बस।

_x000D_ _x000D_

किलिन्डर दाजुले छिटो आउन भन्दै थिए। तर बस अझै चलिरहेकै थियो, रोकिइसकेको थिएन। हस्याङफस्याङ गर्दै दौडिएँ। तैपनि अझै टाढै रहेछु। हिन्दी फिल्म 'दिलवाले दुल्हनियाँ ले जाएंगे' को 'क्लाइमेक्स सिन' याद गर्ने बेला होइन त्यो। काल्पनिक राजले मभित्रको सिमरनलाई जसोतसो बस चढायो। केही समय त सजिलै बित्यो। छोरीलाई निरगानी गर्नु पनि थियो। उनी त मज्जाले इन्जिनमाथि बसेर किलिन्डरसँग गफ चुट्दै रहिछिन्। 

_x000D_ _x000D_

सस्तो। सरल मात्रै होइन, लोकप्रिय पनि उतिकै भएछ साझा बस। भित्रपट्टि फराकिलो पनि भएकाले उभिनै परे पनि यात्रुले आरामदायक मान्दा रहेछन् अरु बस तथा माइक्रो बसका तुलनामा। तर विकसित देशका सार्वजनिक सवारी साधनसँग तुलना गर्ने हो भने त्यत्ति आरामदायक भन्न मिल्ने विशेषता भने छैनन् साझामा पनि। चालकले बेस्सरी हुइँक्याए र बाटो पनि गर्‍ल्याङगुर्लुङ पर्‍यो भने यात्रुको सास्ती थपिने। तैपनि सास फेर्न ठाउचाहिँ पुग्ने रहेछ सबैलाई। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

_x000D_ _x000D_

अलि लामै समय यात्रा गर्नु परे अरू यात्रुका गफ मजैले सुनिने। अझ जाम पर्‍यो भने त झन् कति हो कति। आफूले चाहे पनि नचाहे पनि। बस चढेको समयदेखि आर्लिनेसम्म कम से कम २० मिनेटको यात्रा त गरिन्छ नै। यति समयसम्ममा अरु यात्रुहरूको सहयात्री भइन्छ। धेरै किसिमको गफगाफ सुनिन्छ। एक दिनको कुरा हो, बस यात्राका क्रममा। म नजिकै मस्केर बसेकी एक जना युवतीलाई हिरो दाइ आएर सोधे, 'अनि बहिनीको घर कता नि?'

_x000D_ _x000D_

उतातिर दुई जना ठिटीहरू कुन्नि के-केका कुरा गरेर मस्किँदै थिए। खुसी मिस्सिएको उनीहरूको सुरिलो स्वर सुन्दा लाग्छ सायद बस कम्पनीले नै उनीहरूलाई त्यहाँ राखेको हो, अरु यात्रुलाई बोर नलागोस् भनेर। आँपको तितौराको झोल जस्तो उनीहरूका गफ।

_x000D_ _x000D_

साझा बस चढेका कोही पनि यात्रु हतारमा भएको मैले पाइनँ। सबै यात्रु आ-आफ्नै धुनमा मस्त, गर्मी समयको चर्को घाममा चिसो शेष नागमाथि लम्पसार परेर सुतेका विष्णुजीजस्तै।

Xtrem

Xtrem
_x000D_ _x000D_

'कस्तो गोरो, कुइरेको बच्चा हो?' एउटी यात्रुले मलाई सोधिन्।

_x000D_ _x000D_

बसभित्रको एउटा पोल च्यापेर म उभिएर यात्रा गर्दै थिएँ। किलिन्डरले बसको पछाडि बच्चा लिएर उभिएकी एउटी महिलालाई अगाडि आउनु भनेर बोलाए। अगाडि बसेको हृष्टपुष्ट लोग्नेमान्छेलाई उठ्न लगाए।

_x000D_ _x000D_

'म?' हृष्टपुष्ट दाजुले किलिन्डरलाई थर्काए।

_x000D_ _x000D_

एकछिनसम्म शान्त बनेको साझा बसका सबै यात्रु स्तब्ध भए। ५० जोरभन्दा बढी आँखाले एकसाथ नजर लागेकाले हो वा त्यो स्तब्धताले, कुनै जादुजस्तो अनुभव भयो एकैछिनमा। ती दाजु झगडा नगरी सभ्य नागरिकजस्तो चुपचाप उठेर ती तरुणी आमालाई सिट छोडिदिए। जादुको बाकस साझा बस। वाह!

_x000D_ _x000D_

_x000D_ _x000D_

म सही यातायातमा चढेछु। ती तरुणी आमा अब मक्ख थिइन् बस्न पाएकोमा। छेउमा थिए ६० कटेका एक जना बाजे। बाजेले दूधेबालकको हात समाएर खेलाउन थाले। हजारौं निजी प्रश्नहरू सोधिरहेका थिए ती आमालाई। ती आमाले पनि खुसीका साथ जवाफ फर्काइरहिन्। विदेशमा भएको भए नचिनेको मान्छेहरूले अरुको बच्चालाई छुँदैनन्। कसैलाई निजी प्रश्नहरू सोधिँदैन।

_x000D_ _x000D_

तर, यो नेपाल हो। यहाँको चलन यस्तै छ। यो मेरो घर हो। 

_x000D_ _x000D_

सिधाअगाडि एक जना व्यक्तिसँग आँखा जुध्न पुग्यो। आँखामा गाजल लगाएको र पोल समाएका सर्लक्क परको औंलाले त केटीजस्तो। तर उभिएको तरिका, लुगा, ब्याग र आँखीभौंले चाहिँ केटाजस्तो।

_x000D_ _x000D_

समय काट्नु थियो। नानाथरी कुरा सोच्दै र सँगैको यात्रुलाई अवलोकन गर्नुबाहेक के गर्नु? फोनमा अघि नै ब्याट्री सिद्धिइसकेको थियो। दुई हप्ताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण फाराम भर्दा लिंग लेखिएको खण्डमा महिला, पुरुषसँगै 'अन्य' पनि देख्दा खुसीले गहभरि आँसु आएको थियो। कल्पनाको सागरमा चुर्लुम्म डुबिरहेकी मलाई किलिन्डको चर्को आवाजले झस्याङ्ग पार्‍यो।

_x000D_ _x000D_

'ए हिरोइन दिदी, पुल्चोक आयो, झर्नुस्।'

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०७५  ०२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्