काठमाडौं– सभामुख कृष्णबहादुर महराले सरकारलाई एउटै विषयमा छुट्टाछुट्टै निर्देशन नदिन संसदीय समितिहरुलाई सचेत गराएका छन्।
_x000D_
_x000D_
प्रतिनिधिसभा अन्तर्गतको १० वटै विषयगत समितिका सभापतिहरुलाई बिहीबार सिंहदरबारमा बोलाएर सभामुख महराले एउटै विषयमा सरकारलाई छुट्टाछुट्टै निर्देशन नदिन सचेत गराएका हुन्।
_x000D_
_x000D_
त्यस अवसरमा उनले एउटै विषयमा सरकारलाई निर्देशन दिनुपरे संयुक्त बैठक बस्न पनि संसदीय समितिहरुलाई आग्रह गरे। एउटै विषयमा समितिहरुले छुट्टाछुट्टै निर्देशन सरकारलाई दिनुपर्ने आवश्यकता नरहेको सभामुख महराको भनाइ थियो।
_x000D_
_x000D_
यसैबीच, संघीय संसदको अधिवेसन छिट्टै बोलाउने तयारी गरिएको छ। सभामुख महराले संसदको अधिवेसन तत्काल बोलाउने गरी सरकारसँग आवश्यक छलफल गर्न लागिएको जानकारी गराए।
_x000D_
_x000D_
उनले संसदीय समितिका सभापतिहरुसँगको भेटमा संविधानसँग बाँझिएका सबै कानुन खारेज गरी नयाँ व्यवस्था गर्नुपर्ने भएकाले संसद बैठक बोलाउन ढिलाइ नहुने स्पष्ट पारेका हुन्। सभामुख महराले कानुन निर्माणको काममा केन्द्रित हुन पनि सांसदहरुलाई आह्वान गरे।
_x000D_
_x000D_
त्यसैगरी, संसदीय समितिहरुको कार्यालय व्यवस्थापन र जनशक्ति व्यवस्थापन गर्ने विषयमा पनि सभामुखले आफूहरुसँग छलफल गरेका संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
_x000D_
_x000D_
बैठकमा समितिका सभापतिहरुले आ–आफ्ना समितिको काम कारबाही र त्यसमा देखिएका समस्याबारे सभामुख महरालाई जानकारी गराएका थिए।
_x000D_
_x000D_
बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायतका पदाधिकारी पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।