काठमाडौं– सहीद स्मारक ‘ए’ डिभिजन लिगमा दाबेदार टिमबीचको भिडन्तमा मनाङ मर्स्याङ्दी क्लबले थ्रीस्टार क्लबलाई २–१ गोलले पराजित गरेको छ।
_x000D_
_x000D_
बिहीबार एन्फा कम्प्लेम्समा भएको खेलमा मनाङले पहिलो हाफमै २ गोलको अग्रता लिन सफल भएको थियो। खेलको १४ मिनेटमा मनाङका लागि अन्जन विष्टले उत्कृष्ट गोल गरे। सेन्टर एरियाबाट हेमन गुरुङले निकालेको उत्कृष्ट पासमा अन्जनले डिबक्स भित्र थ्रीस्टारका डिफेन्डर रन्जित धिमाललाई छक्काएर गोल गरे। अन्जनले सकेन्ड बार च्यापेर हानेको प्रहारलाई थ्रीस्टारका गोलकिपर एलन न्यौपानले रोक्ने मौका नै पाएनन्।
_x000D_
_x000D_
१८ मिनेटमा थ्रीस्टारले आफ्नै पोस्टमा गोल गर्दा मनाङले अग्रता दोब्बर पार्यो। सेन्टरबाट हेमनले दिएको लाम पासलाई थ्रीस्टारका गोलकिपर एलनले खुट्टाले क्लियन गर्ने कोशिस गरेका थिए। तर डिफेन्डर अजय धिमालको ढाँडमा लागेर बल फर्किएको थियो। उक्त प्रहारलाई कप्तान विक्रम लामाले रोक्ने कोसिस गर्ने पनि बलले जाली चुक्यो।
_x000D_
_x000D_
८४ मिनेटमा थ्रीस्टारले पेनाल्टीमार्फत गोल फर्कायो। मनाङका डिफेन्डर मोहमद अासिफले थ्रीस्टारका फरवार्ड अजयी मार्टिनलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रन्जित धिमालले गोल गरे।
_x000D_
_x000D_
लगातार तेस्रो जितसँगै मनाङ ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको थ्रीस्टारको ६ अंक छ। लिग अहिले तेस्रो चरणको खेल जारी छ।
_x000D_
_x000D_
अंक तालिका
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।