काठमाडाैं– कात्तिक १९ गते बर्दियाको बढैयाताल गाउँपालिकामा ३ गोब्रेपुरमा व्यापारी मोहनलाल खटिकलाई गाेली हानी हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेकाे छ।
_x000D_
_x000D_
पक्राउ पर्नेमा मुख्य योजनाकार लक्षु भनिने लक्षिराम खटिक, मनोरथ भनिने राम मनोहर खटिक, शालिकराम खटिक र रामजुगेश खटिक र राजेन्द्र खटिक छन्।
_x000D_
_x000D_
उनीहरुलाई इलाका प्रहरी कार्यालय मैनापोखरले बिहीबार पक्राउ गरेर सार्वजनिक गरेको हो। घटनामा संलग्न अन्य दुई जना फरार छन्। हत्याका मुख्य योजनाकार लक्षिराम र मोहनलालको परिवारिक विवादले उग्र रुप लिएपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
_x000D_
_x000D_
भैंसी व्यापार गर्दै अाइरहेका ३५ वर्षीय मोहन खटिकको गाेली हानी हत्या भएकाे थियाे।
_x000D_
_x000D_
पाेष्टमार्टमबाट उनकाे हत्या भएकाे प्रहरीले पुष्टि गरेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।