काठमाडौं- मलेसियामा एक नेपाली महिलाको मृत्यु भएको छ। सुरक्षा गार्डका रुपमा कार्यरत ती महिलाको शव जालानस्थित गासिङनजिकै भेटिएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
_x000D_
_x000D_
गासिङको एक झाडीमा महिलाको शव भेटिएको र ती महिलाको शवमा नाकबाट रगत बगेको देखिएको बताइएको छ। यसैगरी, बायाँ हातको औलामा समेत चोट देखिएको समाचारमा उल्लेख छ।
_x000D_
_x000D_
मृतक सुरक्षा गार्डको पोशाकमै रहेको भेटिएको प्रहरीले जनाएको छ। उनको पहिचान भने नखुलेको बताइएको छ।
_x000D_
_x000D_
प्रहरीले फोरेन्सिक विभागलाई नमूना पठाएको र सो नमूनाको नतिजा आएपछि मात्र हत्या वा स्वभाविक मृत्यु हो भन्ने यकिन हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।