काठमाडौं- बेरोजगार युवालाई रोजगारीको प्रलोभन देखाई ठगेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
अपराध मुक्त समाज नेपाल, राष्ट्रिय अभियान नामक संस्थाका नाममा बेरोजगार यूवालाई ठगी गरेको आरोपमा संस्थाका अध्यक्ष सहित दुई जना पक्राउ परेका हुन्। सिरहा नगरपालिका २१ बस्ने संस्थाका समेत रहेका २७ वर्षीय अनिलकुमार मण्डल र कर्मचारी जनकपुर उपमहानगरपालिका-४ बस्ने २२ वर्षीया नीतु मण्डललाई प्रहरीले पक्राउ गरेको हो।
_x000D_
_x000D_
जनकपुरको पीडारीचोकमा सूर्यनारायण यादवको घरको दोस्रो तल्लामा कोठा भाडामा लिएर अपराध मुक्त समाज राष्ट्रिय अभियान नामको संस्था खोली रोजगारी दिने नाममा सयौं बेरोजगार यूवाबाट १० हजार रुपैयाँको दरले लाखौं रुपैयाँ असुलेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।