काठमाडौं– ७ वर्षको प्रयासपछि अमेरिका आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा उक्लन सफल भएको छ।
_x000D_
_x000D_
ओमानमा सोमबार सम्पन्न डिभिजन–३ प्रतियोगिताको महत्वपूर्ण खेलमा सिंगापुरलाई ५ विकेटले पराजित गरेपछि अमेरिका पहिलो पटक डिभिजन–२ मा उक्लन सफल भएको हो। गत वर्ष डिभिजन–२ बाट झरेको आयोजक ओमान भने च्याम्पियन भएर फेरि डिभिजन–२ उक्लन सफल भएको छ।
_x000D_
_x000D_
अमेरिका ७ वर्षको प्रयासपछि डिभिजन–२ मा उक्लन सफल भएको हो। सन् २०१२ मा मलेसियामा भएको डिभिजन–४ बाट अमेरिका डिभिजन–३ मा उक्लिएको थियो। सो प्रतियोगितामा नेपाल च्याम्पियन भएर डिभिजन–३ मा उक्लन अमेरिका दोस्रो भएको थियो।
_x000D_
_x000D_
त्यसपछि सन् २०१३ मा अमेरिका डिभिजन–३ तेस्रो भएको थियो सन् २०१४ मा भने पाँचौ भएपछि अमेरिका डिभिजन–४ मा झरेको थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
त्यसपछि अमेरिकाको प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका थिए। दसानायके नेपालका पूर्व प्रशिक्षक हुन्। उनले सन् २०११ देखि सन् २०१५ सम्म नेपालको प्रशिक्षक भएर काम गरेका थिए।
_x000D_
_x000D_
सन् २०१६ मा अमेरिका डिभिजन–४ को च्याम्पियन हुँदै फेरि डिभिजन–३ मा बढुवा भयो। गत वर्षको डिभिजन–३ मा चौथो हुँदा अमेरिकाको दोस्रो डिभिजनमा उक्लने प्रयास असफल भएको थियो।
_x000D_
_x000D_
ओमान र अमेरिकासँगै पपुवा न्युगिनी, हङकङ, क्यानडा र नामिबियाबीच डिभिजन–२ मा प्रतिस्पर्धा हुने छ। आगामी अप्रिलमा हुने प्रतियोगिताको शीर्ष ४ टिम आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि छनोट हुनेछन्। लिग–२ मा डिभिजन–२ बाट छनोट भएका चार टिमसँगै नेपाल, यूएई र स्टकल्यान्ड गरी ७ टिमबीच प्रतिस्पर्धा हुनेछ। लिग–२ जुलाई २०१९ देखि २०२१ हुनेछ। शीर्ष ३ टिम विश्वकप छनोट २०२२ का लागि छानिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।