एजेन्सी– युइएफए नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत नेदरल्यान्ड्सले जर्मनीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै हार टारेको छ। सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले जर्मनीलाई २–२ गोलको बराबरीमा रोकेको हो।
_x000D_
_x000D_
जर्मनीले १९ मिनेटभित्र २ गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवातमै दबावमा राखेको थियो। जर्मनीका लागि टिमो वेर्नरले नवौं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए। १९ मिनेटमा लिरोए सानेले जर्मनीका लागि दोस्रो गोल गरे।
_x000D_
_x000D_

_x000D_
_x000D_
खेलको ८५ मिनेटमा नेदरल्यान्ड्सका क्विन्सी प्रोमेसले गोल गर्दा खेल २–१ को स्थितिमा आएको थियो। खेलको अन्तिम मिनेटमा डच डिफेन्डर भर्जिल भान डेकले बराबरी गोल फर्काउन सफल भए। उनले भलि सर्टमार्फत आकर्षक गोल गरेका थिए।
_x000D_
_x000D_
जितसँगै नेदरल्यान्ड्स समूह ए–१ बाट सेमिफाइनलमा पुगेको छ। उसले ७ खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको फ्रान्सको पनि ७ अंक नै छ भने जर्मनीले २ अंक मात्र जोड्न सक्यो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।