राजविराज– सप्तरीबाट अवैद्य रुपमा भारत निकासी हुँदै गरेको करीब डेढ लाख रुपैयाँ बराबरको केराउ सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ।
_x000D_
_x000D_
सुराकीका आधारमा बलानबिहुल गाउँपालिका-३ बाट ५२ बोरा (२ हजार ६ सय केजी) केराउ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ। भन्सार छली गरी निकासी भएको जानकारी पाएपछि मटर नियन्त्रणमा लिईएको सप्तरीका एसपी राजेन्द्र विष्टले बताए।
_x000D_
_x000D_
नियन्त्रणमा लिइएको मटर आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।