राजविराज– प्रहरी हुँ भन्दै नेपाल–भारत सीमानाकामा सर्वसाधारणसँग रकम असुली गर्दै आएका एकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ।
_x000D_
_x000D_
राजविराज नगरपालिका–७ खर्सालटोल निवासी शिवनारायण यादवका छोरा २० वर्षीय जोगीन्द्र भनिने सागर यादवलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो। यादवलाई बोदेबर्साइन नगरपालिका–९ स्वर्णपट्टीबाट नियन्त्रणमा लिईएको सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिए।
_x000D_
_x000D_
‘म प्रहरी हुँ। दुई जना हत्यारा फरार भएकाले जिल्ला प्रहरी कार्यालयले सादा पोसाकमा मलाई खटाएको छ,’ भन्दै चेकजाँचका नाममा रकम असुली गरेको जानकारी पाएपछि यादवलाई नियन्त्रणमा लिईएको विष्टले बताए।
_x000D_
_x000D_
बोर्डर छेउमा बसी नेपाल–भारत आवत–जावत गर्ने सर्वसाधारण मानिसलाई डर–त्रास देखाई रकम असुल गरेको र दुःख दिएको पाईएपछि नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरु गरिएको उनको भनाई छ।
_x000D_
_x000D_
चुनाव ताका म्यादी प्रहरीमा जागीर यादवले ठगी गरेको एसपी विष्टले स्पष्ट पारे। पक्राउ परेका यादवमाथि अनुसन्धान भईरहेको सप्तरी प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।