काठमाडौं- प्रहरीले विभिन्न हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-३२ जडिबुटी ढुङ्गेधाराबाट सोही ठाउँ बस्दै अाएका २७ वर्षीय भुवन परियार र २७ वर्षीय मनपरन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
_x000D_
_x000D_
उनीहरुलाई घरेलु रिभल्वर १ थान, नियन्त्रित लागूऔषध नाईट्राभेट ५६ एम्पुल र मोबाईल २ थान सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। प्रहरीले ज.११ प ४८६६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रिभल्वर तथा लागूऔषधसहित फेला पारी मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
यसैगरी सुर्खेत बराहताल गाउँपालिका-५ रचा बस्ने ४२ वर्षीय कुलबहादुर पुलामीलाई घर अगाडि बारीमा सुकाई राखेको भरुवा भन्दुक १ थानसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
उता, सर्लाही हरिवन नगरपालिका-६ चार्लीक झल्ला टोलस्थित सागरनाथ वन परियोजनाको खाली जग्गामा रोकी राखेको ना.१ ह ८५८७ नम्बरको अटो टेम्पोबाट १ थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद र छर्रा समेत फेला पारी आइतबार राति प्रहरीले बरामद गरेको छ।
_x000D_
_x000D_
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।