काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको टिम पोखरा राइनोजले प्रशिक्षकमा अस्ट्रेलियाका नाथान डोडलाई नियुक्त गरेको छ।
_x000D_
_x000D_
मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएका डोड हाइ पर्ममेन्स लेभल–३ कोचिङ एग्रिडिएसन प्राप्त प्रशिक्षक हुन्। उनीसँग अस्ट्रेलियाका विभिन्न स्थानीय टिमलाई प्रशिक्षण दिएको अनुभव छ। डोडलाई प्रशिक्षकमा नियुक्त गरेपछि पोखराको स्वामित्व रहेको जगदम्ब स्पोर्टसकी कार्यकारी निर्देशक दीपा अग्रवालले खेलाडीले उत्कृष्ट प्रशिक्षण पाउने विश्वास गरेकी छिन्। यस्तै डोडले पनि आफ्नो क्षमता उपयोग गर्ने बताएका छन्।
_x000D_
_x000D_
सिजनका लागि पोखराले विदेशी खेलाडी बाहेक अन्य खेलाडीको टुंगो लगाइसकेको छ। पोखरामा शक्ति गौचन, विक्रम शोव, राजेश पुलामी मगर, विपिन खत्री, किशोर महतो, देव साह, सौरभ खनाल, सुनील धमला, सुसन भारी, नरेश बुढाऐर र सुभेन्दु पाण्ड छन्।
_x000D_
_x000D_
आगामी मंसिर २२ देखि हुने तय भएको इपिएल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ। इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज् र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन्।
_x000D_
_x000D_
पोखरा राइनोज् टिम
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।