रुकुम पश्चिम- श्रीमती र छोरालाई भरुवा बन्दुक र खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-१, बल्लेजुरा बस्ने ४९ वर्षीय भक्तबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
भक्तबहादुरले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र ११ वर्षीय छोरा प्रकाश बुढालाई आइतबार बिहान भरुवा बन्दुक र खुकुरी प्रहार गरी हत्या गरेका थिए।
_x000D_
_x000D_
घटनाको जानकारी हुनासाथ प्रहरी चौकी सिम्रुत र जिल्ला प्रहरी कार्यालय रुकुमबाट खटिएको प्रहरी टोलीले भक्तबहादुरलाई घाइते अवस्थामा फेला पारी भरुवा बन्दुकसहित पक्राउ गरेको हो। घाइते भक्तबहादुरलाई उपचारको लागि जिल्ला अस्पताल रुकुम लगिएकोमा थप उपचारका लागि नेपालगञ्ज रिफर भएका छन्।
_x000D_
_x000D_
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।