काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत थ्रीस्टार क्लब शीर्ष स्थानमा उक्लिएको छ। थ्रीस्टार आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५–१ गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।
_x000D_
_x000D_
थ्रीस्टारले खेलको नवौ मिनेटमा रन्जित धिमालको गोलबाट अग्रता लियो। ५१ मिनेटमा सुनील बलले थ्रीस्टारको अग्रता दोब्बर पारेका थिए।
_x000D_
_x000D_
७५ मिनेटमा ब्रिगेडका राजन तिवारीले गोल गरेर आफ्नो टिमलाई खेलमा फर्काउने कोशिस गरे। तर थ्रीस्टारले ब्रिगेडमाथि झन् दबाब बढायो।
_x000D_
_x000D_
८४ मिनेटमा रञ्जन विष्टले गोल गर्दा थ्रीस्टार ३–१ गोलले अघि बढ्यो। खेल सकिन १ मिनेट बाँकी छदा निराजन खड्काले थ्रीस्टारका लागि चौथो गोल गरे।
_x000D_
_x000D_

_x000D_
_x000D_
इन्जुरी टाइमको दोस्रो मिनेटमा विक्रम लामाले पाँचौ थोल गरेपछि थ्रीस्टारले ५–१ को सानदार जित हात पार्न सफल भयो। मिडफिल्डर लामाचोटका कारण करीब आठ महीना मैदान बाहिर रहेका थिए। विक्रम सफल उपचार प्रक्रिया पूरा गरेर मैदान फर्कदा उत्कृष्ट पुनरागमन गरेर गोल गर्न सफल भए।
_x000D_
_x000D_
थ्रीस्टारमा राष्ट्रिय टोलीबाट पूर्वकप्तान अनिल गुरुङसँगै एलेन न्यौपाने, अनन्त तामाङ, निराजन खड्का र सुनिल बललगायतका खेलाडी समावेश छन्।
_x000D_
_x000D_
यसअघि पहिलो खेलमा थ्रीस्टारले फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको थियो भने ब्रिगेटब्वाइजले मनाङसँग पराजय व्यहोरेको थियो।
_x000D_
_x000D_
अंक तालिका :
_x000D_
_x000D_

_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।