काठमाडौं– नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने आइतबार राति संयुक्त अरब इनिरेट्स (यूएई) प्रस्थान गर्दैछन्। उनी यूएईमा आगामी बुधबारदेखि सुरु हुने टी–१० लिगमा सहभागिता जनाउन त्यसतर्फ जान लागेका हुन्।
_x000D_
_x000D_
टी–१० लिगसँगै वर्षको छैटौं फ्रेन्चाइज क्रिकेट लिग खेल्न लागेका सन्दीपले आगामी ५ महिनामा ५ वटा फेन्चाइज लिग खेल्ने पक्का भइसकेको छ। पाँच महिना भित्र नेपाली राष्ट्रिय टिमले टी–२० छनोटको दोस्रो चरण पनि खेल्ने भएकाले सन्दीपको आगामी कार्यतालिका निकै व्यस्त रहेको छ। आइतबार यूएई उड्न लागेका सन्दीप आगामी अप्रिलसम्म व्यस्त हुने भएका हुन्।
_x000D_
_x000D_
यूएईमा १५ दिन चल्ने लिगमा सन्दीप केरला किंग्ससँग आवद्ध छन्। केरलाले सन्दीपसँग ३० हजार अमेरिकी डलरमा सम्झौता गरेको थियो। यूएई जानुअघि सन्दीपले आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन्। '१० ओभरको खेल खेल्नका लागि निकै नै उत्साहित छु,' सन्दीपले भने, 'फेरि अर्को मन्चमा सिक्ने मौका पाएको छु। आफ्नो शतप्रशिशत दिनेछु।'
_x000D_
_x000D_
सन्दीप आबद्ध टिममा इंग्ल्यान्डका इयान मोर्गान कप्तान छन्। जहाँ वेस्ट इन्डिजका क्रिस गेल, केइरन पोलार्डदेखि पाउल स्टर्लिङ, पाकिस्तानका जुनाइद खान र श्रीलंकाका निरोशन डिवेला छन्। लिगमा केरलासहित माराथा अरेबियन्स, पाख्तून्स, पन्जाबी लिजेन्ड्स, कराचियन्स, बेङ्गाल टाइगर्स, नर्थन वारियर्स र राजपुतस् छन्।
_x000D_
_x000D_
टी–१० लिगपछि उनी नेपाल फर्कने कार्यक्रम छ। त्यसबखत उनी एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्नेछन्। उनी ललितपुर प्याट्रियट्ससँग आबद्ध छन्। इपिएलका सबै खेलमा भने सन्दीप सहभागी हुनेछैनन्। उनले इपिएलमा कम्तिमा २ खेल खेल्ने बताए। उनलाई ललितपुरले रिटेन गरिसकेको छ। ललितपुरले सन्दीपलाई गत सिजन १ लाख ७५ हजार रुपैयाँमा आबद्ध गरेको थियो।
_x000D_
_x000D_
इपिएल खेलेपछि सन्दीप अस्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छन्। अस्ट्रेलियामा आगामी डिसेम्बरमा हुने बिग बास लिग (बिबिएल) मा १८ वर्षीय सन्दीपले दुई सत्रमा रहेर सहभागिता जनाउने छन्। उनी मेलबर्न स्टार्ससँग आवद्ध भएका थिए। उनी पहिलो सत्रमा आगामी डिसेम्बर १० मा मेलवर्न टिममा सहभागी हुनेछन्। मेलवर्नले उनलाई ६० हजार अमेरिकी डलरमा आवद्ध गरेको हो।
_x000D_
_x000D_

_x000D_
_x000D_
बिबिएल चलिरहदा सन्दीप बंगलादेश प्रिमियर लिग (बिपिएल)मा सहभागी हुन उनी जनवरी ५ मा बंगलादेश जाने कार्यक्रम रहेको छ। बिपिएलको समाप्तीपछि उनी पुनः अष्ट्रेलिया फर्किनेछन्।बिबिएलमा सन्दीप सिल्हेट सिक्सरमा आवद्ध छन्। बिबिएलमा सन्दीपले कम्तिमा ६० हजार डलर पाउनेछन्। उनको टिम सिल्हेटको प्रतियोगितामा दोस्रो चरणमा स्थान पक्का सन्दीपको पारिश्रमक अझै बढ्नेछ।
_x000D_
_x000D_
सन्दीपले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पनि पक्का भइसकेको छ। सन्दीपलाई गत साता दिल्ली डेयरडेभिल्सले रिटेन गरेको थियो। आइपिएलमा सन्दीपले पाउने पारिश्रमिकको विषयमा भने अझै टुंगो लागिसकेको छैन। 'मलाई रिटेन भएको भन्ने मात्र खबर आएको छ। पारिश्रमिकको विषयमा अहिले खुलाइएको छैन,' सन्दीपले भने। सन्दीपले आइपिएलमा पाउने पारिश्रम अघिल्लो घटि नहुने बताइएको छ। सन्दीप गत सिजन ३२ लाख रुपैयाँमा आवद्ध भएका थिए।
_x000D_
_x000D_
आइपिएल आगामी २३ मार्च सुरु हुने बताइएको छ। भारतको हुने आम निर्वाचनका कारण आइपिएल यूएई वा दक्षिण अफ्रिका मध्ये एक स्थानमा गर्ने तयारी गरिएको छ। जुनमा हुने आइसिसी एकदिवसीय विश्वकपका कारण आइपिएल गत सिजन भन्दा एक महिनाअघि हुने लागेको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
राष्ट्रिय टिम र पिसिएल
_x000D_
विदेशी फेन्चाइज लिग बाहेक सन्दीपले राष्ट्रिय टिमबाट पनि खेल्नेछन्। नेपालले फेब्रुअरीमा टी–२० विश्वकप छनोटको दोस्रो चरण खेल्नेछ। यस्तै सन्दीप पाकिस्तान सुपर लिगको पनि ड्राफ्टमा छन्। पिएसएलको अक्सन आगामी मंगलबार हुँदैछ। विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीप अक्सनबाट छनोट भएमा आठौं विदेशी लिगमा आवद्ध हुनेछन्।
_x000D_
_x000D_
सन्दीपले खेलिसकेका फेन्चाइज लिग
_x000D_
आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल (वेस्ट इन्डिज), एपिएल (अफगानिस्तान), पिपिएल (नेपाल)
_x000D_
_x000D_
सन्दीपले खेल्ने आगामी लिग
_x000D_
टी-१० (यूएई) – नोभेम्बर २१ देखि डेसेम्बर २ सम्म – ३० हजार डलर
_x000D_
इपिएल (नेपाल) – डिसेम्बर ८ देखि २२ सम्म – (कम्तिमा १ लाख ७५ हजार रुपैयाँ)
_x000D_
बिबिएल (अस्ट्रेलिया) – डिसेम्बर १९ देखि फ्रेब्रुअरी ४ सम्म – ६० हजार डलर
_x000D_
बिपिएल (बंगलादेश)– अक्टुबर १ देखि फेब्रुअरी ८ सम्म – ६० हजार डलर
_x000D_
आइपिएल (भारत)– २३ मार्चदेखि अप्रिलसम्म (तय हुन बाँकी) – कम्तिमा ३२ लाख रुपैयाँ
_x000D_
_x000D_
ड्राफ्टमा
_x000D_
पिएसएल (पाकिस्तान)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।