एजेन्सी– युइएफए नेसन्स कपअन्तर्गत युरोपियन च्याम्पियन पोर्चुगल र पूर्व विश्व विजेता इटालीले गोलरहित बराबरी खेलेका छन्।
_x000D_
_x000D_
बराबरीसँगै समूह ए–३ बाट पोर्चुगल अन्तिम चारमा पुगेको छ।
_x000D_
_x000D_
खेलमा प्रशिक्षक फर्नान्डो सान्तोसले फेरि एकपटक आफ्ना स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई आराम दिएका छन्। ३३ वर्षीय फरवार्ड रोनाल्डोले अन्तर्राष्ट्रिय खेलबाट संन्यास नलिए पनि उनले पछिल्ला खेलहरुमा आराम पाइरहेका छन्। रोनाल्डो अनुपस्थित भए पनि टिममा बेर्नान्डो सिल्भा,रुबेन नेभेस र आन्द्रे सिल्भा जस्ता प्रतिभावान खेलाडी थिए। तर उनीहरुबीच समझदारी हुन नसक्दा इटालीविरुद्ध गोल गर्न सकेनन्।
_x000D_
_x000D_
लिगको अन्य खेलमा रोमानियाले लुथानियालाई ३–० गोलले पराजित गरेको छ। कोसोभोले माल्टालाई ५-०, स्विडेनले टर्कीलाई १-० र स्कटल्यान्डले अल्बानियालाई ४–० गोलले हराएका छन्। सर्वियाले मोन्टेनेग्रोमाथि २–१ को जित हात पारेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।