काठमाडौं– मानव तस्करीको आरोपमा मेनपावर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । धुम्बाराहीस्थित पाण्डोरा मेनपावरका सञ्चालक ईश्वर भण्डारीसहित चार जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो।
उनीहरुले १६ जना नेपाली युवालाई संयुक्त अरब इमिरेट्स (युएई) पठाएर बिचल्ली बनाएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
प्रहरीले अवैध रुपमा युवाहरुलाई विदेश पठाउने काममा संलग्न भण्डारीसहित विर्घमान गुरुङ, राजु घले र भानु ढकाललाई पक्राउ गरेको छ।
करिब तीन महिनाअघि उनीहरुले १६ जना युवालाई अवैध रुपमा युएई पठाएका थिए । उनीहरु त्यहाँ अलपत्र परेपछि नेपाली दूतावास र गैरआवासीय नेपाली संघले उनीहरुको उद्धार गरेको थियो । नेपाल फर्किएर उजुरी गरेपछि प्रहरीले चार जनालाई सोमबार पक्राउ गरेको हो । उनीहरु विरुद्ध मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाइएको एसपी श्रेष्ठले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।