लमही, दाङ- दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार भएको छ। शान्तिनगर गाउँपालिका–२ अमुवामा दुई समूहबीच भएको विवाद मिलाउन गएका इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश वलीमाथि खुकुरी प्रहार भएको हो।
_x000D_
_x000D_
उनको टाउकोमा १० टाँका लागेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए। उनका अनुसार स्थानीय दुई जनासमेत घाइते छन्।
_x000D_
_x000D_
सोही ठाउँका विशाल रोका र नैनबहादुर नेपालीको टाउकामा सामान्य चोट लागेको बताइएको छ।
_x000D_
_x000D_
रोका र नेपालीको समूहबीच आपसी विवादपश्चात् झडप भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
खुकुरी प्रहारको आरोपमा अमुवाका २५ वर्षीय चन्द्रवहादुर नेपाली, २० वर्षीय नैनसिंह नेपाली, २२ वर्षीय सुकलाल नेपाली र १६ वर्षीय वीरबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुका साथबाट खुकुरी, बञ्चरो, खुर्पा लगायतका घरेलु हतियार बरामद गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।