धनगढी- धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी टोलमा गएराति अन्दाजी ३२ वर्षीय विजय थापाको हत्या गरिएको छ।
_x000D_
_x000D_
उक्त टोलको कलश होटल पछाडि स्थानीय २७ वर्षीय आसिस सेठीसँग भएको कुटपिटबाट थापाको मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रमुख वकिलबहादुर सिंहले बताए।
_x000D_
_x000D_
कुटपिटपछि घाइते थापालाई सेती अञ्चल अस्पताल पुर्याइएकामा अस्पतालाले मृत घोषणा गरेको थियो। टाउकोमा चोट लागेको र नाक मुखबाट रगत बगेको अवस्थामा थापालाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो।
_x000D_
_x000D_
राति पौने ९ बजेको समयमा होटलमा असामान्य आवाज सुनिएपछि घर बाहिर निस्केका दीपेन्द्र चौधरीले सोही टोलमा गस्तीमा रहेको वडा प्रहरीको टोलीलाई खबर गरेका थिए। दीपेन्द्र सञ्चालित होटलको घरधनीका छोरा हुन्।
_x000D_
_x000D_
घटनालगत्तै होटल परिसरमै थापालाई घिसार्दै गरेको अवस्थामा आशिष सेठीलाई पनि नियन्त्रणमा लिएको वडा प्रहरी प्रमुख सिंहले बताए।
_x000D_
_x000D_
घटनास्थलबाट प्रहरीले मृतकको स्कुटर र सेठीको मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेका सेठी लागुऔषध मुद्दाका फरार प्रतिवादी रहेको बताइएको छ। मृतक थापाको गतिविधि पनि शङ्कास्पद रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।