काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् सदस्यमा नेपाललाई निर्वाचित गराउन सरकारको कूटनीतिक पहलको सह्राहना गर्दै निर्वाचित गराउन सहयोग पुर्याउने राष्ट्र संघका सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेको छ।
मानवअधिकार आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै मानव अधिकार परिषद्मा नेपालको उपस्थितिले देशभित्रको विद्यमान दण्डहीनताको अवस्थाको अन्त्यका लागि महत्वपूर्ण योगदान पुग्नसक्ने उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘देशभित्र यातना, गैरन्यायिक हत्या लगायतका गम्भीर एवं जटील स्वरूपमा रहेको संक्रमणकालीन न्यायको प्रभावकारी र मान्य सम्बोधन, मानव अधिकारको संरक्षण, संवद्र्धन र सम्मानमा पनि नेपाल सरकारको पर्याप्त ध्यान पुग्नेछ भन्नेमा आयोग विश्वस्त छ।’
संयुक्त राष्ट्रसंघको ७२औँ महासभाले सोमबार मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको हो।
विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कुल ४७ देशका प्रतिनिधि रहनेछन्। सोमबार भएको निर्वाचनमा नेपाल लगायत १५ नयाँ देशले परिषद्मा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्। एसिया–प्रशान्त क्षेत्रको चार खाली सदस्यमा भएको निर्वाचनमा नेपालसहित पाकिस्तान, कतार र अफगानिस्तान निर्वाचित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।