पाल्पा– ७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा भारत घर भई रामपुर नगरपालिका–४ स्लामपुरस्थित मिस्त्री काम गरी बस्ने २१ वर्षीय कउशर मियाँलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
उनले सोही नगरपालिका बस्ने ७ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएकोमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई सोही नगरपालिकाको सदावर्तस्थित खेतमा लुकिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।