एजेन्सी– युइएफए नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत स्पेनमाथि क्रोएसियाले रोमाञ्चक जित हात पारेको छ। समूह ए–४ को खेलमा क्रोएसियाले स्पेनलाई ३–२ गोलले पराजित गरेको हो।
_x000D_
_x000D_
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको पाँचै गोल दोस्रो हाफमा भएका थिए। क्रामारिकले खेलको ५४ मिनेटमा गोल गरेर क्रोएसियालाई अग्रता दिलाए। तर ५६ मिनेटमा स्पेनका सेलाबोसले बराबरी गोल फर्काउन सफल भए।
_x000D_
_x000D_
६९ मिनेटमा जेडभाजले गोल गर्दा क्रोएसियाले खेलमा दोस्रो पटक अग्रता लियो। तर क्रोएसियाको अग्रता ९ मिनेटमा मात्र टिक्यो। ७८ मिनेटमा सर्जियो रामोसले पेनाल्टीमा गोल गरेर खेललाई दोस्रो पटक बराबरीमा ल्याए। खेलको अन्त्यतिर क्रोएसियाले तेस्रो गोल गर्न सफल भयो। इन्जुरी टाइमको तेस्रो मिनेटमा जेडभाजले ब्याक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि क्रोएसियाले ३–२ को रोमान्चक जित हात पार्न सफल भयो।
_x000D_
_x000D_
जितसँगकै समूहमा क्रोएसियाले ३ खेलबाट ४ अंक जोडेको छ। शीर्ष स्थानको स्पेनको ४ खेलबाट ६ अंक र दोस्रो स्थानको इंग्ल्यान्डको ३ खेलबाट ४ अंक छ।
_x000D_
_x000D_
यता समूह ए–२ को खेलमा बेल्जियमले लगातार तेस्रो जित हात पारेको छ। बेल्जियमले बिहीबार राति भएको खेलमा आइसल्यान्डलाई २–० गोलले हरायो। बेल्जियमका लागि दुवै गोल मिची बाट्सुयासीले गरेका थिए। समूहमा बेल्जियमको ३ खेलबाट ९ अंक छ भने दोस्रो स्थानको स्विट्जरल्यान्डको ३ खेलबाट ६ अंक छ। आइसल्यान्डले ४ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।