बाँके- नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ।
_x000D_
_x000D_
नेपाली सेनाको टोलीले पुष्पलाल चोकमा प्लाष्टिकको झोलामा राखिएको बम डोरीले तानेर वाटरपार्कको खाली जग्गामा पुर्याएर निष्क्रिय पारेको हो। वाटरपार्कमा पहिलो पटक निष्क्रिय पार्नेक्रममा विष्फोट नभएपछि दोश्रो प्रयासमा विष्फोट भएको थियो। घरेलु पाइपबम रहेको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए।
_x000D_
_x000D_
नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा राखिएको उक्त वम हटाउने क्रममा बिहीवार दिनभर नेपालगञ्जको जनजीवन त्रसित हुन पुगेको थियो।
_x000D_
_x000D_
बिहीबार बिहान नौ बजेतिर पुष्पलालको शालिकमुनि प्लाष्टिकको झोला भेटिएपछि बमको आशंका गरिएको थियो।
_x000D_
_x000D_
बम भए नभएको यकिन गरी निष्क्रिय पार्न प्रहरीले खबर गरेपछि राँझास्थित नेपाली सेनाको व्यारेकबाट आएको सेनाको टोलीले बम निष्क्रिय पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।