विराटनगर– आफ्नै श्रीमतीलाई गोली हान्न खोज्ने तेह्रथुमको फेदाप गाउँपालिका–५ का ४० वर्षीय बुद्ध बहादुर तामाङलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
_x000D_
_x000D_
बिहीबार बिहान श्रीमती ३५ वर्षिया दलमाया तामाङलाई गोली हान्न खोजेको आरोपमा तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनले सामान्य घरायसी विवादमा दलमायालाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए। घाइते श्रीमतीलाई भरुवा बन्दुक निकालेर गोली हान्न खोजेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको प्रहरी चौकी सम्दुले जनाएको छ।
_x000D_
_x000D_
खुकुरी प्रहारबाट घाइते दलमायाको इसिबु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने तामाङको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।