काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एभरेस्ट प्रिमियर लिग (इपिएल) लाई मान्यता प्रदान गरेको छ। देशको क्रिकेट संघ निलम्बनमा रहेको अवस्थानमा घरेलु क्रिकेट प्रतियोगिता गर्न आइसिसीको मान्यता हुनु पर्ने नियम अनुरुप आइसिसीले इपिएललाई मान्यता प्रदान गरेको हो।
_x000D_
_x000D_
मान्यता बापत इपिलले भ्याटबाहेक २० हजार डलर समेत आइसिसीलाई बुझाएको इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरले जनाएका छन्। यो मान्यता एक वर्षका लागि मात्र हुनेछ।
_x000D_
_x000D_
आइसिसीले २०७३ वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो। आन्तरिक विवादका कारण क्यान निलम्बनमा परेपछि आइसिसीले नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आइरहेको छ।
_x000D_
_x000D_
आगामी मंसिर २२ देखि हुने तय भएको इपिएल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ। इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज् र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन्।
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।