काठमाडौं– प्रधानमन्त्रीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन्।
_x000D_
_x000D_
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले सो प्रतिवेदन बुझ्ने काममा ढिलाइ नगर्न नेपाली पक्षले भारतीय पक्षलाई आग्रह गरिरहेको पनि स्मरण गराए। प्रबुद्ध समूहले गएको जुलाईमा तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री मोदीले बुझ्न ढिलाइ भएको स्विकार गर्दै उनले अब छिट्टै बुझ्ने विश्वास व्यक्त गरेका हुन्।
_x000D_
_x000D_
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो प्रतिवेदन बुझ्ने मिति भने तय भई नसकेको पनि जानकारी दिए। इपिजीका सदस्यसमेत रहेका भट्टराईले सो प्रतिवेदन दुवै मूलुकको हितमा रहेको दाबीसमेत गरे।
_x000D_
_x000D_
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले चीनका राष्ट्रपति सी जिन पिङलाई नेपाल भ्रमण गराउने विषयमा पनि प्रयास भइरहेको जानकारी दिए।
_x000D_
_x000D_
उनले व्यापार र लगानीको विषयलाई जोड दिएर नेपालले परराष्ट्र सम्बन्धलाई अगाडि बढाउने योजना रहेको पनि सार्वजनिक गरे। भारत–चीन दुवै छिमेकी मूलुकसँगको सम्बन्धलाई अझै सुदृढ बनाएर नेपालले समृद्धिको लक्ष्य हासिल गर्नसक्ने भट्टराईको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।