काठमाडौं- वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा फोरम ‘कोलम्बो प्रोसेस’को छैटौं बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ।
_x000D_
_x000D_
बैठकको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारदाता देशले कामदार आपूर्ति गर्ने देशको समस्या बुझ्नुपर्ने बताए। बैठकमा सहभागी देशले रोजगारीका नाममा हुने मानव तस्करी रोक्न संयुक्त प्रयास थाल्नुपर्नेमा जोड दिए। त्यसका लागि प्रहरीसँग समन्वय गर्न सकिने पनि उनको भनाइ छ।
_x000D_
_x000D_
काठमाडौंको होटल सोल्टीमा आज सचिवस्तरीय बैठक सुरु भएको हो। भोलि हुने मन्त्रीस्तरीय बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।
_x000D_
_x000D_
रोजगारदाता मुलुकमा आफ्ना देशका कामदारलाई समान व्यवहारका लागि आवाज उठाउने उद्देश्यले प्रोसेसको गठन भएको हो। सो फोरमको अध्यक्षता हाल नेपालले नै गरिरहेको छ। नेपालले सन् २०१९ को मार्च महिनासम्म प्रोसेस नेतृत्व गर्नेछ।
_x000D_
_x000D_
वैदेशिक रोजगारीमा कामदार पठाउने नेपालसहित चीन, भारत, कम्बोडिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, इन्डोनेसिया, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड र भियतनाम गरी १२ देश प्रोसेसका सदस्य राष्ट्र हुन्। यो फोरमले ग्लोबल कम्प्याट माइग्रेशनसँग समन्वय गरी काम गर्दै आएको छ।
_x000D_
_x000D_
सन् २००३ मा श्रीलंकामा आयोजना भएको श्रम आप्रवासन मन्त्रालयस्तरीय परामर्श कार्यक्रमको परिणामस्वरूप कोलम्बो प्रोसेस स्थापना गरिएको थियो। प्रोसेसमा अन्तर्राष्ट्रिय आप्रवासन र सम्झौताका आधारमा आप्रवासीका श्रमका विषयमा वकालत र परामर्श गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।