एजेन्सी– अस्ट्रेलियन राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर जोन हास्टिङले प्राणघातक रोगका कारण क्रिकेट खेलबाट संन्यास लिएका छन्।
_x000D_
_x000D_
३३ वर्षीय बलर हास्टिङ अस्ट्रेलियाको तीव वटै फर्म्याट (टेस्ट, एकदिवसीय र टी–२०) को राष्ट्रिय टिमका सदस्य हुन्। बलिङ गर्ने क्रममा उनको मुखमा रगत आउने गरेको थियो।
_x000D_
_x000D_
चिकित्सकका अनुसार हास्टिङको फोक्सोमा समस्या देखिएको छ। यहि समस्या जारी रहेकै बेलमा उनले क्रिकेट खेलेमा उनको ज्यान जान सक्ने चिकित्सकले बताएपछि हास्टिङले संन्यास लिने निर्णय गरेका हुन्। उनको यो समस्या केहि वर्षदेखि देखिदै आएको थियो। त्यसपछि उनले प्रशिक्षण गराएका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
'जब म बलिङ गर्छु त्यतिबेला फोक्सोमा दबाब हुने गरेको छ,' उनले बुधबार अस्ट्रेलियाको द एज पत्रिकालाई भनेका छन्, 'मैले बलिङ गर्दा मुखबाट रगत आउने गरेको छ। यो डरलाग्दो कुरा हो।'
_x000D_
_x000D_
उनले अस्ट्रेलियाका लागि एक टेस्ट, २९ एकदिवसीय र ९ टी-२० खेल खेलेका छन्। मेलवर्न स्टर्सका पूर्व कप्तान हास्टिङ यो सिजनको बिस बास लिगका लागि सिड्नी सिक्सरमा आबद्ध भएका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।