विराटनगर– सुनसरीको धरानमा मंगलबार राति ठूलो रकमसहित १० जना जुवाडे पक्राउ परेका छन्।
_x000D_
_x000D_
विशेष सुराकीका आधारमा धरान उपमहानगरपालिका–८ स्थित सिदार्थ मार्गबाट झापा लखनपुर गाउँपालिका–१ घर भई हाल धरान–१० मा बस्ने ३५ वर्षीय भरत थापा, सुनसरीको घुस्की–८ घर भई धरान–९ बस्ने ३९ वर्षीय उमेश सोमी, धरान–२० का २५ वर्षीय राजु खड्का, धरान–११ का ३१ वर्षीय तुलाराम राई, ३६ वर्षीय रविकुमार राई, ईटहरी–४ का ३७ वर्षीय गुणराज राई, धरान–१७ का ३५ वर्षीय सञ्जय राई, ईटहरी–२० का २६ वर्षीय मिलन राना साम्पाङ राई, धरान–१८ का ४० वर्षीय मिलन गुरुङ र धरान–१५ का २७ वर्षीय सञ्जु राईलाई प्रहरीले पक्राउ गरेको हो।
_x000D_
_x000D_
जुवाको खालबाट ३ बुक ताससहित नगद ४ लाख ८ हजार ५ सय रुपैयाँ नगद बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
_x000D_
_x000D_
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।