काठमाडौं– काठमाडौंमा अवैधरुपमा उत्पादन गरी बिक्रीवितरण भइरहेका बिएमसी मिट मसला र स्याम्पोहरु बरामद गरिएको छ।
_x000D_
_x000D_
प्रहरीले काठमाडौंको नैकापबाट अत्याधुनिक मेसिनहरु राखी गैरकानुनी रुपमा उत्पादन गरी बजारमा बिक्री भइरहेको ४४ कार्टुन बिएमसी मिट मसला र उत्तिकै परिमाणमा स्याम्पोहरु बरामद गरिएको हो।
_x000D_
_x000D_
धादिङ धार्के घर भई हाल नैकाप बस्दै आएका बासुप्रसाद बिडारीले ज्योति सोप एन्ड केमिकल्स इन्डस्ट्रीको नाममा अवैध रुपमा मसला र स्याम्पो उत्पादन गर्दै आएको सूचना पाएपछि मंगलबार सो परिमाणको मसलासहितको सामान बरामद गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए।
_x000D_
_x000D_
प्रहरीले बिडारी र निजकी श्रीमती ज्योतिलाई पनि नियन्त्रणमा लिई कालो बजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको पनि बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
_x000D_
_x000D_
प्रहरीले गैरकानुनी रुपमा उत्पादन हुँदै आएका ४४ कार्टुन बिएमसी मिट मसला, ११ बोरा मसलाको कच्चा पदार्थ, ३ सय ७० बक्स स्याम्पो, स्याम्पोका लागि आवश्यक कच्चा पदार्थ लगायतका सामग्री बरामद गरेको जनाएको छ।
_x000D_
_x000D_
बिडारीले अवैधरुपमा सञ्चालन गरेको सो उद्योगबाट वार्षिक २ करोड रुपैयाँ बराबरको कारोबार हुने गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।