काठमाडौं– ट्याक्सी लिएर काठमाडौंका विभिन्न पसलहरु चोर्न हिँड्ने एक युवक पक्राउ परेका छन्। ट्याक्सी लिएर मध्यराति सटरको ताला फुटाएर चोर्ने रामेछापको दोरम्बा गाउँपालिका–४ का २९ वर्षीय गंगबहादुर तामाङलाई प्रहरीले पक्राउ परेको हो।
_x000D_
_x000D_
तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कात्तिक २६ गते मछिन्द्रबाहलबाट पक्राउ गरेको हो।
_x000D_
_x000D_
बा२ज ३३४३ नम्बरको ट्याक्सी चालक तामाङले चोर्ने बेला राति ट्याक्सी लिएर जाने र चोरेका सामान ट्याक्सीमा हालेर हिँड्ने गरेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
उनले कात्तिक १० गते राति २ बजे मखनमा मिनराज घिमिरेले सञ्चालन गरेको कस्मेटिक पसलको ताला फुटाई अन्दाजी १० लाख रुपैयाँ बराबरका सामानहरु चोरी गरेर ट्याक्सीमा राखेर लाँदै गरेको सिसिटिभी फुटेजमा समेत देखिएको छ।
_x000D_
_x000D_
कात्तिक २६ गते असन बालकुमारीमा मेघराज दुलालले सञ्चालन गरेको कस्मेटिक पसलको ढोका फुटाई चोरी गरेका थिए। चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको आधारमा नै उनी पक्राउ परेका हुन्। उनले २६ गते नै अन्य दुई वटा पसल चोरी गरेको पाइएको छ। ८ वटा भन्दा बढी सटर फुटाएरर उनले ३० लाख रुपैयाँ भन्दा बढीको सामान चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
प्रहरीले चोर्न प्रयोग गरिएको बा२ज ३३४३ नम्बरको ट्याक्सीमा ताला फुटाउन प्रयोग गरिने फलामे रड बरामद गरेको छ।
_x000D_
_x000D_
तामाङ यसभन्दा अघि २०६८ सालमा चोरी मुद्धामा पक्राउ गरी सजाय पाएर छुटेका व्यक्ति समेत रहेको अनुसन्धानबाट खुल्न आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।