काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन्।
_x000D_
_x000D_
सिंहदरबारमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नवनियुक्त उपाध्यक्ष तिमिल्सिनालाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।
_x000D_
_x000D_
सपथग्रहणपछि बोल्दै उपाध्यक्ष तिमिल्सिनाले आफ्नो अनुभव र लगावलाई खेलकुद क्षेत्रको विकासमा लगाउने प्रतिवद्धता व्यक्त गरे। खेल र खेलाडीहरुको हितमा समर्पित हुने नवनियुक्त उपाध्यक्ष तिमिल्सिनाको भनाइ छ। उनले खेलकुद क्षेत्रमा अवान्छित गतिविधि हुन नदिने योजना पनि अघि सारे।
_x000D_
_x000D_
तिमिल्सिना यसअघि पनि परिषद्को उपाध्यक्ष भएका थिए।
_x000D_
_x000D_
आजै परिषद्का नवनियुक्त सदस्यद्धय राजेश गुरुङ र इन्दिरा निरौलाले पनि पद तथा गोपनियताको सपथ लिएका छन्। मन्त्री विश्वकर्माले गुरुङ र निरौलालाई पनि पद तथा गोपनियताको सपथ खुवाएका हुन्।
_x000D_
_x000D_
सपथ ग्रहण कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलगायतको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।