म्याड्रिड– स्पेनिस महारथी फुटबल क्लब रियल म्याड्रिडले सान्टियागो सोलारीलाई क्लबको स्थायी प्रशिक्षकाको रुपमा नियुक्त गरेको छ। क्लबले उनलाई सन् २०२१ को जुन सम्मका लागि प्रशिक्षकको पद सुम्पेको हो।
_x000D_
_x000D_
गत महिना प्रशिक्षक जुलेन लोपेटगुइ बर्खास्तगीमा परेपछि ४२ वर्षीय सोलारी रियलको अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त भएका थिए।रियलले सोलारी प्रशिक्षक बनेपछि ४ खेलमा लगातार जित हात पारेको थियो।
_x000D_
_x000D_
अर्जेन्टाइन नागरिक सोलारी सन् १९९९ देखि २००४ सम्म अर्जेन्टिनाको राष्ट्रिय टिममा थिए। क्लब फुटबलमा उनले रिभर प्लेट, एट्लेटिको म्याड्रिड, रियल म्याड्रिड हुँदै इन्टर मिलानबाट खेलेका थिए।
_x000D_
_x000D_
सोलारीको प्रशिक्षणमा रियलले कोपा डेल रेको खेलमा मेलिल्लालाई हराएको थियो। त्यस्तै च्याम्पियन्स लिगमा रियलले भिक्टोरिया प्लजेनमाथि जित हात पारेको थियो। ला लिगामा रियलले रियल भोलडोलिड र सेल्टा भिगोलाई पराजित गरेको थियो। यी ४ खेलमा रियलले १५ गोल गर्दा २ गोल मात्र खाएको थियो।
_x000D_
_x000D_
रियल ला लिगामा रियल म्याड्रिड छैटौं स्थानमा छ। उसले १२ खेलबाट २० अंक जोडेको छ। शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट २४ अंक छ।
_x000D_
_x000D_
यसअघि ला लिगामा रियलले लगातार खराब प्रदर्शन गरेपछि लोपेटगुइलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको थियो।
_x000D_
_x000D_
रियलले गत महिना एलक्लासिको भिडन्तमा नमिठो हार बेहोरेको थियो। बार्सिलोनाले घरेलु मैदानमा रियललाई ५-१ गोलले हराएपछि जुलेनको आलोचना सुरु भएको थियो। उनी सिजनको सुरुवातमा रियलको प्रशिक्षक पदमा नियुक्त भएका थिए। स्पेनिस राष्ट्रिय टिमका तत्कालिन प्रशिक्षक जुलेनलाई जिनेदिन जिदानले पदबाट राजीनामा दिएपछि जिम्मेवारी दिइएको थियो।
_x000D_
_x000D_
उनी गत जेठमा रियलको प्रशिक्षकमा नियुक्त भएका थिए। तर लगत्तै उनी स्पेनिस राष्ट्रिय टिमको प्रशिक्षकबाट बर्खास्तगीमा परेका थिए। विश्वकप फुटबल सुरु हुनुअघि रियलको प्रशिक्षक बनेपछि स्पेनिस फुटबल महासंघले ५१ वर्षीय जुलेनलाई बिना जानकारी रियलको प्रशिक्षक बनेको भन्दै बर्खास्त गरेको थियो। उनले विश्वकपपछि रियल म्याड्रिडको प्रशिक्षक सम्हाल्ने गरी ३ वर्षको सम्झौता गरेको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।