चितवन- पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड अपराह्नदेखि सञ्चालनमा आएको छ । अपराह्न २:१५ बजेदेखि सडक खुलेको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, मुग्लिनबाट नारायणगढतर्फ नौ किलोमिटरसम्म साना-ठूला १६ ठाउँमा पहिरो खसेका थिए । सोमध्ये पाँच किलो नजिकै ठूलो ढुंगा खसेपछि पहिरो पन्छाउन समय लागेको थियो ।
सो ढुंगा फोरेर फालिएपछि सडक सञ्चालनमा आएको हो ।
बिहान पहिरो खसेपछि शनिबार साँझदेखि रोकिएका सवारीसाधन सडक खुलेसँगै गन्तव्यतर्फ गुडेका छन् । उक्त सडकखण्डमा पहिरोको जोखिमका कारण राति यातायात आवागमन रोक्ने गरिएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।