रसुवा- नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी ६ दिनका लागि बन्द गरिएको छ।
१९औं चिनियाँ नेसनल कंग्रेससभा तथा चीनतर्फको बाटो मर्मत गर्नुपर्ने कारण देखाउँदै चिनियाँ पक्षले आजदेखि नाका बन्द गरेको हो। बुधबारदेखि चीनमा हुने कंग्रेससभा तथा चीनको के ८१ र के ८७ मा सडक मर्मत गर्नुपर्ने भएको केरुङ पोट एडमिनिस्ट्रेसन कमिटीबाट जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलले बताइन्।
भारी वर्षा र ठूलो पहिरोका कारण सडक असुरक्षित भएको र मर्मतका लागि विस्पोटक पदार्थ समेत प्रयोग गर्नुपर्ने भएकाले चिनियाँ समयअनुसार आज दिउँसो १ बजेदेखि २२ अक्टोबरसम्मका नाकामा आवतजावत बन्द गरिने भएको हो।
नाका बन्दसँगै नेपाल तथा केरुङबाट हुने सम्पूर्ण आवतआवत ठप्प भएको छ भने केरुङ पुगेका सम्पूर्ण नेपालीलाई नेपाल फर्काइएको प्रहरी नायब उपरीक्षक शरत कुमार थापा क्षेत्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।