काठमाडौँ– ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ।
_x000D_
_x000D_
याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २: १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।
_x000D_
_x000D_
नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ। नेपालको दोस्रो चरणको यात्रा यसै खेलले निर्धारण गर्नेछ। अघिल्ला दुई खेलमा बराबरी खेलेको नेपाललाई दोस्रो चरणमा पुग्न जित्नैपर्ने दबाब छ। नेपालले पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यान्मासँग एक÷एक गोलको बराबरी खेलेको थियो । समूह ‘सी’ मा रहेको नेपाल दुई खेलबाट दुई अङ्क जोडेर तेस्रो स्थानमा छ । यस समुहमा चार अङ्क जोडेको म्यान्मा शीर्ष र चार अङ्क जोडेको भारत दोस्रो स्थानमा छ । बङ्गलादेश अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ।
_x000D_
_x000D_
बङ्गलादेशलाई पराजित गर्नसके नेपाल दोस्रो चरणमा पुग्नेछ। नेपालका लागि भारत र म्यान्माबीचको खेल पनि महत्वपूर्ण हुनेछ। भारत र म्यान्माबीच आजै दोस्रो खेल हुनेछ। उक्त खेलमा हार वा जित जे भएपनि बङ्गलादेशलाई हराएमा नेपालले दोस्रो चरणको यात्रा तय गर्नेछ ।
_x000D_
_x000D_
सन् २०२० को टोकियो ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् । तेस्रो हुनेमा उत्कृष्ट दुईलेसमेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । समूह ‘ए’ र ‘बी’ मा पाँच पाँच राष्ट्र रहेको छ । समूह ‘सी’ र ‘डी’ मा चार चार टोली छन् । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् । तेस्रो हुनेमा उत्कृष्ट दुईलेसमेत दोस्रो चरण पुग्नेछन् ।
_x000D_
_x000D_
ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूहमा ‘सी’ मा भारत, म्यान्मा र बङ्गलादेश छन् । दुई साता लामो चीनमा प्रशिक्षण गरी नेपाली टोली म्यान्मा प्रस्थान गरेको हो । चीनमा रहँदा नेपाली टोलीले त्यहाँ तीन वटा मैत्रीपूर्ण फुटबल खेल खेलेको थियो । नेपाली २२ खेलाडी, दुई प्रशिक्षक र दुई कर्मचारी छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली छन् ।
_x000D_
_x000D_
नेपालले चीनमा रहँदा कात्तिक १२ र १४ गते बेइजिङ फोनिक्स महिला फुटबल टोली तथा १३ गते बेइजिङ स्पोर्टस् युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खलेको थियो । जसमा बेइजिङ फोनिक्ससँगको दुवै खेलमा पराजित भएको थियो भने बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई पराजित गरेको थियो ।
_x000D_
_x000D_
नेपाली टोलीमा गोलकिपर एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल र पुनम मगर छन् । त्यस्तै मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।